साउथको बढ्दो लोकप्रियतासँगै काजलको चर्चा बलिउडसम्म पुग्यो

एजेन्सी, २६ फागुन । काजल अग्रवाललाई साउथ इन्डियन अभिनेत्री भनेर चिनिन्छ । उनले बलिउडमा सिंघम फिल्ममा अभिनय गरेपछि पहिचान बनाइन् ।
उनले बलिउडमा सिंघमसँगै स्पेसल २६ र दो लाफ्जोकी कहानीलगायतका फिल्ममा काम गरिसकेकी छिन् । उनलाई सुहाउँदो भूमिकामा बलिउडमा अफर भए अभिनय गर्ने बताउँछिन् ।
साउथ फिल्मको बढ्दो लोकप्रियतासँगै उनको चर्चा पनि बलिउडसम्म आइपुग्यो । तर, काजलको डेब्यु भने बलिउड फिल्म ‘क्यु हो गया ना’मार्फत् भएको थियो । उनी यस फिल्ममा ऐश्वर्या रायको साथीको रुपमा देखिएकी थिइन् ।
यद्यपि, उनलाई दर्शकले मात्र होइन, फिल्म मेकर्सले पनि नोटिस गरेनन् । जसकारण उनले साउथ इन्डियन फिल्ममार्फत् आएको अफरहरूलाई स्वीकार्दै करियर सुरु गरिन् ।
उनलाई अझै पनि दर्शकले साउथबाट बलिउडमा आएकी हिरोइन भनेर चिन्ने गर्छन् । उनले बलिउडमा काम नपाएपछि साउथमा काम सुरु गरेकी थिइन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


