प्रधानमन्त्री देउवा पर्सामा, नवनिर्वाचित पदाधिकारीलाई प्रमाणपत्र वितरण

पर्सा, २६ फागुन । प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा पर्सा आएका छन् ।
पर्सा जिल्ला कार्यसमितिको नवनिर्वाचित पदाधिकारीलाई प्रमाणपत्र वितरण समारोहका लागि देउवा पर्सा आइपुगेका हुन् ।
देउवाले आज एक कार्यक्रमका बीच निर्वाचित पदाधिकारीहरुलाईद प्रमाणपत्र प्रदान गरेका छन् ।
फागुन २० गते भएको जिल्ला अधिवेशनबाट जनार्दनसिंह क्षेत्री सभापतिमा निर्वाचित भएका थिए ।
यस्तै उपसभापतिमा रामनारायणप्रसाद कुर्मी र अशोककुमार गुप्ता विजयी भएका थिए ।
त्यस्तै सचिवमा इम्तियाज आलम र दिनेशकुमार चौधरी विजयी भएका थिए । सह–सचिवमा नविन सिंह र मदन राउत अहिर निर्वाचित भएका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


