बुधबार २२४ नयाँ संक्रमित थपिए, २५१ जना संक्रमणमुक्त

काठमाडौं, २५ फागुन । नेपालमा पछिल्लो २४ घण्टामा २२४ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ९३६ जनाको पीसीआर परीक्षण गर्दा ६८ र ३ हजार १५६ नमूनाको एन्टिजेन परीक्षण गर्दा १५६ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन भने २५१ जना संक्रमणमुक्त भएका छन् ।
हाल देशभर ५ हजार ६९२ सक्रिय संक्रमित रहेका छन् । जसमध्ये १२४ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
कोरोनाका विरामी मध्ये ३९ जना आईसीयूमा र ५ जना भेन्टिलेटरमा उपचाररत् रहेका छन् ।
पछिल्लो २४ घण्टामा थप ९६ हजार ८९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


