‘बी’ डिभिजन लिगमा खुमलटार युथ क्लबको जित

काठमाडौं, २५ फागुन । शहीद स्मारक ‘बी’ डिभिजन लिगमा खुमलटार युथ क्लब विजयी भएको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार भएको खेलमा खुमलटारले बाँसबारी क्लबमाथि १–० को कठिन जित हात पारेको हो ।
खेलको २९ औं मिनेटमा सविन केसीले गरेको एक मात्र गोल खुमलटारलाई जित दिलाउन प्रयाप्त बन्यो ।
योसँगै दोस्रो जित निकालेको खुमलटार ३ खेलमा ६ अंक जोड्दै तेस्रो स्थानमा उक्लिँदा बाँसबारीको समान खेलबाट १ अंक छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


