एजेन्सी, २५ फागुन । च्याम्पियन्स लिगमा बुधबार बिहान सम्पन्न अन्तिम–१६ को दोस्रो लेगमा इटालियन क्लब इन्टर मिलानसँग पराजित भए पनि इंग्लिस क्लब लिभरपुल क्वार्टरफाइनल प्रवेश गरेको छ ।

घरेलु मैदान एनफिल्डमा १–० को पराजय बेहोरे पनि समग्रमा २–१ को जित निकाल्दै लिभरपुल अघि बढेको हो ।

खेलको ६१ औं मिनेटमा लाउटारो मार्टिनेजले गरेको एक मात्र गोल मिलानको जितमा निर्णायक बनेको थियो तर त्यसले टोलीलाई क्वार्टरफाइनल पुर्याउन भने सकेन ।

६३ औं मिनेटमा एलेक्सिस साञ्चेजले दोहोरो पहेँलो कार्ड बेहोर्दै मैदान छाडेपछि मिलान १० खेलाडीमा सिमित बन्यो । पहिलो लेगमा लिभरपुल २–० ले विजयी भएको थियो ।