माओवादी केन्द्र महोत्तरीका केहि नेताले गरे पार्टी परित्याग

महोत्तरी, २५ फागुन । नेकपा माओवादी केन्द्र महोत्तरीका केहि नेताहरूले पार्टी परित्याग गरेका छन् ।
नेपालमा एमसीसी पास गरेर देशको राष्ट्रियता, राष्ट्रिय सार्वभौमिकता र नेपाली जनताको भावनासंग खेलवाड गरेको भन्दै उनिहरूले पार्टी परित्याग गरेका हुन् ।
एमसीसी पास गर्न नेकपा माओवादी केन्द्रको नेतृत्वदायि भुमिका रहेको हुँदा पार्टीको साधारण सदस्य समेत नरहने गरी दल त्याग गरेको घोषणा गरेका छन् ।
पार्टी परित्याग गर्नेहरूमा पार्टीका मधेस प्रदेश सदस्य समेत रहेका महोत्तरी जिल्ला संयोजक तुलसी प्रसाद ढुङ्गाना, रामबहादुर राना, राजन प्रसाद ढुङ्गाना, अखिल नेपाल महिला संघ क्रान्तीकारीका केन्द्रिय सदस्य उर्मिला कार्की, बर्दिबास नगरपालिका वडा नम्बर-३ का वडा कमिटी अध्यक्ष नरबहादुर खनाल लगायतकाहरू रहेका छन ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


