जनकपुरधाम, २४ फागुन । नेपाली कांग्रेस धनुषाको सभापतिको निर्वाचन दोस्रो चरणमा जाने निश्चित भएको छ । अब योगेन्द्र पजियार र संतोष यादव भिड्ने भएका छन् ।

निर्वाचन समितिका अनुसार २ हजार ५६५ मतगणना हुँदा पजियारले १ हजार १२० मत पाएका छन् । अब ३४७ मतगणना गर्न बाँकी छ ।

अहिलेसम्मको गणनामा योगेन्द्र पजियारले १ हजार १२० , संतोष यादवले ७३२ र दिनेश प्रसैलाले ५७८ मत पाएका छन् । त्यस्तै, १३५ मत बदर भएको छ ।

कुनै पनि उम्मेदवारले ५१ प्रतिशतभन्दा बढी मत ल्याउन सकेनन् । अब सबैभन्दा बढी मत पाएका पजियार र यादवबीच प्रतिस्पर्धा हुनेछ ।