काठमाडौं, २४ फागुन । अभिनेत्री रेखा थापाले महिला दिवसको अवसरमा शुभकामना दिंदै प्रत्येक घरमा ‘योद्धा छोरी’ जन्मिनुपर्नेमा जोड दिएकी छन् ।

पुरुषसँग पनि कयौं पीडा कायमै रहेको उल्लेख गर्दै उनले फेसबुकमा लेखेकी छन्, ‘पुरुषको विरुद्ध होइन, पुरुषलाई पनि पीडा छ । पुरुषहरूले पाएको दुःख घटाउन त्यो घरभित्र एउटा योद्धा छोरी जन्मिनुपर्छ भन्ने मान्दछु । कमजोर महिलाको पती, बुवा, भाइ वा प्रेमी सबै कमजोर बन्न पुग्दछन् । ११२ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको शुभकामना ।’