श्रीलंका नेभी स्पोर्टस् क्लबमाथि नेपालको सहज जित

काठमाडौं, २४ फागुन । श्रीलंका भ्रमणअन्तर्गत दोस्रो अभ्यास खेलमा नेपालले श्रीलंका नेभी स्पोर्टस् क्लबमाथि ८१ रनको सहज जित हात पारेको छ ।
१९७ रनको लक्ष्य पछ्याएको श्रीलंका नेभी ३०.५ ओभरमा सबै विकेट गुमाउँदै ११५ रनमा समेटियो ।
नेपालका लागि पवन सर्राफले ३, दिपेन्द्रसिंह ऐरीले २ तथा सन्दीप लामिछाने, विक्रम सोब र कुशल भर्तेलले १–१ विकेट हात पारे ।यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल ४३.४ ओभरमा सबै विकेट गुमाउँदै १९६ रनमा समेटिएको थियो ।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ६३ रनको अर्धशतकीय पारी खेले । भीम सार्कीले २८ र विवेक यादवले २६ रन बनाउँदा कप्तान सन्दीप लामिछाने १४ रनमा अविजित रहे ।
पहिलो खेलमा नेपाल १११ रनले विजयी भएको थियो ।
युएईमा हुने आइसिसी विश्वकप लिग–२ अन्तर्गत आयोजक युएई र पपुवा न्यूगिनी सम्मिलित त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारी स्वरूप नेपालले श्रीलंकामा अभ्यास खेलिरहेको हो ।
यसपछि नेपालले १० मार्चमा श्रीलंका पुलिस र ११ मार्चमा प्रथम श्रेणीका खेलाडी सम्मिलित कोलम्बो ११ सँग खेल्नेछ । नेपाली टोली १४ मार्चमा युएई प्रस्थान गर्नेछ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


