विर्तामोड, २४ फागुन । संकटा क्लब पाँचौ झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

संकटाले मंगलबार विर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा सम्पन्न खेलमा थ्रीस्टार क्लबलाई २–० ले पराजित गरेको हो ।संकटालाई जित दिलाउन दुई विदेशी खेलाडी यानिक र फोडे फोफोनाले गोल गरे ।

खेलको २५ औँ मिनेटमा यानिकले गोल गर्दै संकटलाई अग्रता दिलाएका थिए । ६३ औँ मिनेटमा फोफोनाले गोल थप्दै टोलीको सेमिफाइनल यात्रा पक्का गरे ।

संकटाले सेमिफाइलनमा आयोजक झापा ११ फुटबल क्लब र आरपी एफसी सिक्किमबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।