मंगलबार १९४ नयाँ संक्रमित थपिए, ३४८ जना संक्रमणमुक्त

काठमाडौं, २४ फागुन । नेपालमा पछिल्लो २४ घण्टामा १९४ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ६३८ जनाको पीसीआर परीक्षण गर्दा ७४ र २ हजार ७५६ जनाको एन्टीजेन परीक्षण गर्दा १२० जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १ जनाको मृत्यु भएको छ भने ३४८ जना संक्रमणमुक्त भएका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १७ हजार ३२८ पुगेको छ भने मृत्यु हुनेको संख्या ११ हजार ९४९ पुगेको छ ।त्यस्तै, ९ लाख ५९ हजार ८१७ जना संक्रमणमुक्त भएका छन् ।
देशभर हाल ५ हजार ८७५ जना संक्रिय संक्रमित रहेका छन् । जसमध्ये ५ हजार ७५४ जना होम आइसोलेसनमा र १३० जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
कोरोनाका बिरामीमध्ये ४२ जना आईसीयू र ५ जना भेन्टिलेटरमा उपचाररत् छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


