कांग्रेस धनुषा निर्वाचन अपडेट : कूल २ हजार ९१२ मत खस्यो

जनकपुरधाम, २३ फागुन । नेपाली कांग्रेस धनुषाको नयाँ नेतृत्व चयनका लागि सोमबार सम्पन्न निर्वाचनमा २ हजार ९१२ मत खसेको छ ।
कुल ३ हजार १७३ डेलिगेट्स मतदाता रहेकोमा २६१ मत कम खसेको निर्वाचन अधिकृत अरुण ज्ञवालीले जानकारी दिएका हुन् ।
धनुषा क्षेत्र नम्बर १ मा ८०१ मतदाता मध्ये ७५३, क्षेत्र नम्बर २ मा ८३० मध्ये ८००, क्षेत्र नम्बर ३ मा कुल मतदाता ७१० मध्ये ६६८ र क्षेत्र नम्बर ४ मा कुल मतदाता ७०९ मध्ये ६९१ मत खसेको हो ।
सोमबार अबेर राति सम्पन्न निर्वाचनको मतगणना आजै सुरु गर्ने तयारी छ । आजै राति वा भोलि बिहानसम्म मतपरिणाम आउने बताइएको छ ।
कांग्रेस धनुषा सभापतिमा ३ जना, दुई उपसभापतिका लागि ६ जना, दुई सचिवका लागि ९ जना र दुई सहसचिवका लागि ६ जनाले उम्मेदवारी दिएका छन् । सभापतिमा योगेन्द्र पजियार, दिनेश प्रसैला र संतोष यादवबिच प्रतिस्पर्धा छ ।
उपसभापतिका लागि गणेश प्रसाद जयसवाल, हरिशंकर साह, राम सोभित दाहा (धानुक), सुरेन्द्र प्रसाद चौधरी (मुन्ना), गणेश झा र लक्ष्मीनारायण यादवबिच प्रतिस्पर्धा छ ।
यसैगरी, सचिवमा नरेश यादव, श्यामचन्द्र यादव, नवल किशोर यादव, प्रभाकर झा, केवल ठाकुर (शर्मा), धीरेन्द्र मोहन झा, शिवशंकर कुमार गोइत, दिपेन्द्र कुमार भडखेर र कन्हैयाकुमार कर्ण चुनावी मैदानमा छन् ।
सहसचिवमा धर्मनाथ यादव, सुरेश कोइराला, महेश कुमार बस्नेत, इन्द्रकुमार महतो, विजयकुमार यादव र मो. साकिर राइनबिच प्रतिस्पर्धा छ ।
धनुषामा ९१ पदका लागि २४० उम्मेदवार प्रतिस्पर्धामा छन् । कांग्रेस धनुषामा ३ हजार १७३ मतदाता रहेका छन् ।
निर्वाचनमा ५१ प्रतिशत मत ल्याउने उम्मेदवारले चुनाव जित्ने छन् । यस्तै, ५१ प्रतिशतभन्दा कम मत ल्याएमा अथवा बराबर मत ल्याएमा दोस्रो पटक निर्वाचन हुने निर्वाचन समितिले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


