कांग्रेसले स्थानीय निर्वाचनको प्रचार प्रसारका लागि ७७ वटै जिल्लामा केन्द्रीय सदस्य खटाउने

काठमाडौं, २३ फागुन । नेपाली कांग्रेसले आगामी स्थानीय तह निर्वाचनको प्रचार प्रसारका लागि ७७ वटै जिल्लामा केन्द्रीय सदस्य खटाउने निर्णग गरेको छ ।
सबै जिल्लामा चुनावी प्रचार अभियानमा केन्द्रीय सदस्यलाई प्रतिनिधिका रुपमा खटाउन लागिएको कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए ।
कांग्रेसले २९ फागुनमा चुनाव प्रचार अभियान सुरु गर्दैछ । हाल जिल्ला जाने नेताहरुको सूची तयार गर्ने काम भइरहेको महामन्त्री शर्माले बताए ।
कांग्रेसले एक महिनासम्म चुनाव प्रचार अभियान सञ्चालन गर्नेछ । ‘घर घर जाऔं, कांग्रेस जिताऔं’ अभियानलाई संगठन विस्तारसँग पनि जोडिने महामन्त्री शर्माले बताए ।
अभियानका क्रममा संगठन विस्तार, प्रशिक्षण, भेला, एमसीसीबारे सर्वसाधारणमा रहेको भ्रम चिर्ने उनले जानकारी दिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


