काठमाडौं, २३ फागुन । नेपालमा पछिल्लो २४ घण्टामा ८८ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार १४५ जनाको पीसीआर परीक्षण गर्दा ६६ र २ हजार ४९३ नमूनाको एन्टिजेन परीक्षण गर्दा २२ जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ भने ३७६ जना संक्रमणमुक्त भएका छन् ।

योसँगै संक्रमणमुक्त हुनेको संख्या ९ लाख ५९ हजार ४६९ पुगेको छ भने मृत्यु हुनेको संख्या ११ हजार ९४८ पुगेको छ । हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ६ हजार १५० रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप २ लाख ३३ हजार ८५१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।