रेखा थापालाई गालीगलौज गरेको आरोपमा एक युवती पक्राउ

काठमाडौं, २३ फागुन । अभिनेत्री रेखा थापालाई गालीगलौज गरेको आरोपमा प्रहरीले एक युवतीलाई नियन्त्रणमा लिएको छ ।
गालीगलौजको जाहेरीपछि प्रहरीले काठमाडौंको बालाजुमा बस्दै आएकी शर्मिला वाइबालाई नियन्त्रणमा लिएको हो ।
बाइबामाथि अभिनेत्री थापालाई गालीगलौज गरेको भन्दै गत शुक्रबार साइबर ब्युरोमा जाहेरी परेको थियो । रेखाको तर्फबाट उनकी दिदी तारा थापाले जाहेरी दर्ता गराएकी थिइन् ।
पल शाहविरुद्ध बलात्कारको जाहेरी दिएकी नाबालिग पीडितको पक्षमा बोलेको भन्दै अभिनेत्री थापालाई गालीगलौज गरिएको उजुरीमा उल्लेख छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


