एजेन्सी, २३ फागुन । रुसले युक्रेनको राजधानी किभ र अन्य शहरमा युद्धविराम घोषणा गरेको छ ।

सर्वसाधारणलाई सुरक्षित क्षेत्रतर्फ जानका लागि सहज बनाउन रुसले किभ, खारकिभ, मारिओपोल र सुमी शहरमा युद्धविराम घोषणा गरेको हो ।

मारिओपोलमा सरकारले गरेका युद्धविरामका प्रयास बिफल भएको र युक्रेनी सेनाले राजधानीमा निरन्तर गोलाबारी गरेको विवरण सार्वजनिक भइरहेका बेला रुसी सेनाले युद्धविराम घोषणा गरेको हो ।

जसअनुसार रुसले हमला रोक्ने र सोमबारदेखि राजधानी किभ र अन्य तीन शहरहरूमा मानवीय कोरिडर खुला गर्ने भएको इन्टरफ्याक्स समाचार संस्थाले जनाएको छ ।