मेक्सिन शीर्ष डिभिजन लिगअन्तर्गत खेल चलिरहँदा झडप, २६ जना घाइते

एजेन्सी, २३ फागुन । मेक्सिन शीर्ष डिभिजन लिगअन्तर्गत खेल चलिरहँदा भएको झडपमा परी २६ जना घाइते भएका छन् ।
क्वेरेटारो तथा एटलसबीचको लिग खेल भइरहेको बेला समर्थकबीच आइतबार राति भएको झडपका क्रममा २६ जना घाइते भएका हुन् ।
ला कोरेगिडोरा स्टेडियममा ६३ औं मिनेटको खेल चलिरहँदा सुरु भएको झडपका कारण खेल नै स्थगित गर्नु परेको थियो । घाइतेमध्ये १० जनाभन्दा बढीको अवस्था गम्भीर छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


