नेपाली कांग्रेस सर्लाहीको मतदान अनिश्चितकालका लागि स्थगित

सर्लाही, २३ फागुन । नेपाली कांग्रेस सर्लाहीको मतदान अनिश्चितकालका लागि स्थगित गरिएको छ ।
१४ औं महाधिवेशन अन्तर्गत सर्लाही जिल्ला कार्यसमिति चयनका लागि सोमबार सदरमुकाम मलंगवास्थित पब्लिक माध्यमिक विद्यालय मतदान केन्द्रमा हुने भनिएको मतदान अनिश्चितकालका लागि स्थगित गरिएको जिल्ला निर्वाचन अधिकृत नागेश्वरप्रसाद सिंहले जानकारी दिए ।
जिल्ला सभापतिमा संस्थापन पक्षबाट सुरेन्द्र सिंह र इतर समूहबाट लक्ष्मण राय यादवको उम्मेदवारी परेको छ । निर्वाचन विशेष परिस्थितिका कारण गराउन नसक्ने अवस्था सिर्जना भएकोले अर्को सूचना जारी नभएसम्मका लागि निर्वाचनको सम्पूर्ण कार्यतालिका स्थगित गरिएको सिंहले जानकारी दिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


