रुसले युक्रेनमाथि निरन्तर गरिरहेको आक्रमणमा परेर ३८ बालबालिकासहित ३६४ जनाको मृत्यु

एजेन्सी, २३ फागुन । रुसले युक्रेनमाथि फेब्रुअरी २४ देखि निरन्तर गरिरहेको आक्रमणमा परेर अहिलेसम्म ३८ बालबालिकासहित ३६४ जनाको ज्यान गएको छ ।
रुसको आक्रमणमा हालसम्म ३८ जना बालबालिकाको मृत्यु भएको युक्रेनले जनाएको छ ।
यस्तै संयुक्त राष्ट्रसंघका अनुसाहर युद्ध सुरु भए यता ३६४ जना सर्वसाधारणको मृत्यु भएको हो ।
सो क्रममा ठूलो संख्यामा युक्रेनका मानिसहरु पनि मुलुक छाडेर भागिरहेका छन् ।
अहिलेसम्म रुसले युक्रेनको राजधानी किभको उत्तर र पूर्वी क्षेत्रका सागै दक्षिण क्षेत्रलाई लक्षित गरी आक्रमण गर्दै आएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


