एजेन्सी, २३ फागुन । रुसले युक्रेनमा फेब्रुअरी २४ देखि निरन्तर आक्रमण गरिरहेको छ ।

यस्तोमा ठूलो संख्यामा युक्रेनका मानिसहरु पनि मुलुक छाडेर भागिरहेका छन् ।

यसैबीच इरपिनमा रुसले गरेको आक्रमणमा युक्रेन भागिरहेका तीनजनाको मृत्यु भएको छ ।

रुसले युक्रेन छाडेर भाग्ने मानिसले प्रयोग गर्दै आएको भत्किएको पुललाई लक्षित गरी आक्रमण गरेको थियो । सो आक्रमणमा परी एकै परिवारका तीनजनाको मृत्यु भएको न्युयोर्क टाइम्सले उल्लेख गरेको छ ।

समाचारमा उल्लेख गरिएअनुसार मानिसहरु खुला गरिएको सडकबाट गइरहेका थिए र युक्रेनको सेनाले उनीहरुलाई सहयोग गरिरहेका थिए ।

यसैबीच युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले गरेको आक्रमणको कारण राजधानी सहर किभको दक्षिपश्चिमस्थित विमानस्थल ध्वस्त भएको उल्लेख गरेका छन् ।

अहिलेसम्म रुसले युक्रेनको राजधानी किभको उत्तर र पूर्वी क्षेत्रका सागै दक्षिण क्षेत्रलाई लक्षित गरी आक्रमण गर्दै आएको छ ।