सिरियामा विद्युतीय धरापमा पारेर १३ सैनिकको हत्या, १८ जना घाइते

एजेन्सी, २३ फागुन । सिरियामा विद्युतीय धरापमा पारेर १३ जना सैनिकको हत्या गरिएको छ ।
सिरियाली सैनिक सबार बस त्यहाँको मध्य प्रान्तीय प्रदेश होम्स सहरमा विद्युतीय धरापमा पारिएको थियो ।
बस विद्युतीय धरापमा परेपछि त्यस बसमा रहेका १३ जना सैनिकको घटनास्थलमै ज्यान गएको बताइएको छ । त्यस दुर्घटनामा परेर अरु १८ जना सैनिक घाइते भएका छन् । घाइतेको अवस्था निकै गम्भीर रहेको बताइएको छ ।
सो हमला कसले र किन गरेको हो भन्ने बारेमा केही खुलेको छैन । प्रहरीले यस विषयमा अनुसन्धान थालिएको जनाएको छ । पछिल्लो समयमा त्यहाँ सुरक्षाकर्मीमाथि नै आतंककारीहरुले हमला गर्ने क्रम नरोकिएको बताइएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


