नेपाली कांग्रेस धनुषाको नयाँ नेतृत्वका लागि मतदान जारी (फोटोफिचर)

जनकपुधाम, २३ फागुन । नेपाली कांग्रेस धनुषाको नयाँ नेतृत्वका लागि मतदान जारी रहेको छ ।
निर्वाचन समितिले सोमबार बिहान ८ बजेदेखि मतदान सुरु हुने तालिका भएपनि प्राविधिक कारणले बिहान ११ बजेदेखि मात्र मतदान सुरु भएको जनाएको छ ।
मतदान गर्न बिहान साढे ७ बजेदेखि डेलिगेटहरु लाइनमा बसेका छन् ।
डेलिगेटहरु मतदान गर्न लाइनमा बसेपछि उम्मेदवारहरु लाइनमै पुगेर आफूलाई मत मागिरहेका छन् । १४ औं महाधिवेशनअन्तर्गत धनुषाको जिल्ला अधिवेशनमा सोमबार भईरहेको निर्वाचनमा भने कागजी मतपत्र नै प्रयोग गरिएको छ ।
निर्वाचन समितिले प्रकाशन गरेको नामावलीअनुसार सभापतिमा ३, दुई उपसभापतिका लागि ६, दुई सचिवका लागि ९ र दुई जना सहसचिवका लागि ६ जनाले उम्मेदवारी दिएका छन् ।
सभापतिमा योगेन्द्र पजियार, दिनेश प्रसैला र संतोष यादवले प्रतिस्पर्धा गर्ने भएका हुन् ।
उपसभापतिका लागि गणेश प्रसाद जयसवाल, हरिशंकर साह, राम सोभित दाहा (धानुक), सुरेन्द्र प्रसाद चौधरी (मुन्ना), गणेश झा र लक्ष्मीनारायण यादवले मनोनयन दर्ता गराएको निर्वाचन समितिले जनाएको छ ।
यसैगरी सचिव पदमा नरेश यादव, श्यामचन्द्र यादव, नवल किशोर यादव, प्रभाकर झा, केवल ठाकुर (शर्मा), धीरेन्द्र मोहन झा, शिवशंकर कुमार गोइत, दिपेन्द्र कुमार भडखेर र कन्हैयाकुमार कर्णले उम्मेदवारी दिएका छन् ।
सहसचिवमा धर्मनाथ यादव, सुरेश कोइराला, महेश कुमार बस्नेत, इन्द्रकुमार महतो, विजयकुमार यादव र मो. साकिर राइनलगायतले उम्मेदवारी दिएका छन् ।
धनुषामा ९१ पदका लागि २४० उम्मेदवार प्रतिस्पर्धामा छन् । कांग्रेस धनुषामा ३ हजार १९७ मतदाता रहेका छन् ।












तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


