नेपाली कांग्रेस सप्तरीको निर्वाचन मंगलबार हुने

सप्तरी, २२ फागुन । नेपाली कांग्रेस सप्तरीको निर्वाचन मंगलबार हुने भएको छ ।
दुई पक्षको विवादका कारण शनिबार स्थगित भएको निर्वाचन मंगलबार हुन लागेको हो ।
निर्वाचन समितिका अनुसार स्थगित भएको निर्वाचनस्थल परिवर्तन गर्दै मंगलबार गरिने निर्णय भएको छ ।
यसअघि रुपनी गाउँपालिकास्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा भएको निर्वाचन अब राजविराजस्थित पब्लिक बिन्देश्वरी माध्यमिक विद्यालयको प्राङ्गणमा हुने भएको छ ।
शनिबार ६०० मत खसिसकेको अवस्थामा संस्थापन पक्ष र संस्थापन इतर पक्षका कार्यकर्ताबीच विवाद हुँदा मतपत्रसमेत च्यातिएको थियो ।
२ हजार ५३७ जना मतदाता रहेको सप्तरी कांग्रेसको नेतृत्वका लागि संस्थापन पक्षबाट शत्रुद्यन यादव र संस्थापनइतर पक्षबाट रामदेव साहले प्यानलसहित उम्मेदवारी दिएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


