काठमाडौं, २२ फागुन । नेपालमा पछिल्लो २४ घण्टामा ६८ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार १३५ जनाको पीसीआर परीक्षण गर्दा ५४ र १ हजार ७९४ जनाको एन्टीजेन परीक्षण गर्दा १४ जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ भने ५३८ जना संक्रमणमुक्त भएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १७ हजार ४६ पुगेको छ भने मृत्यु हुनेको संख्या ११ हजार ९४७ पुगेको छ ।त्यस्तै, ९ लाख ५९ हजार ९३ जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर ६ हजार ४६१ जना संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।