सप्तरी कांग्रेस निर्वाचनमा मतपत्र च्यातियो, चुनाव स्थगित

सप्तरी, २१ फागुन । नेपाली कांग्रेस सप्तरीको नयाँ नेतृत्व चयनका लागि शनिबारको मतदान रोकिएको छ ।
जिल्लाको रूपनी गाउँपालिका वडा नम्बर–५ स्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा शनिबार विहान ११ बजदेखि मतदान सुरु भएको थियो ।
सहज रूपमा ५० प्रतिशत मतदान भइसकेपछि विवाद सुरु भएको थियो । मतपत्र च्यातेर दुईपक्षबीच बिवाद भएपछि साँझ ५ बजेदेखि मतदान प्रक्रिया रोकिएको निर्वाचन अधिकृत रुद्र शर्माले जानकारी दिए ।
नेतृत्वका लागि उम्मेदवार रहेका संस्थापन र संस्थापन इतर प्यानलबीच विवाद भई मतपत्र च्याताच्यात भएपछि मतदान रोकिएको हो ।
चुनावमा मतदान गर्ने कुल २ हजार ५ सय १० मतदाता रहेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


