शनिबार ९१ नयाँ संक्रमित थपिए, ३६२ जना संक्रमणमुक्त

काठमाडौं, २१ फागुन । नेपालमा पछिल्लो २४ घण्टामा ९१ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार २२० जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ६७ तथा एन्टिजेन विधिबाट २४ जनामा संक्रमण पुष्टि भएको हो ।
प्छिल्लो २४ घण्टामा ३६२ जना संक्रमणमुक्त भएका छन् । नेपालमा हालसम्म कूल सङ्क्रमितमध्ये ९ लाख ५८ हजार ५५५ जना सङ्क्रमणमुक्त भइसकेका छन् । हाल निको हुने दर ९८.१ प्रतिशत पुगेको छ । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ६ हजार ९४७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा कसैले पनि ज्यान गुमाएनन् । नेपालमा कोभिड–१९ को सङ्क्रमणबाट ११ हजार ९४५ जनाको मृत्यु भइसकेको छ । नेपालमा कोरोनाको मृत्यु दर १.२ प्रतिशत रहेको छ । यही अवधिमा थप २ लाख ८६१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
देशभर खोप अभियान सुरु भए यता ३ करोड ७६ लाख ८२ हजार ८९० मात्रा खोप लगाइसकिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


