मारिउपोलबाट मानिसलाई बाहिर निकाल्ने प्रक्रिया स्थगित

एजेन्सी, २१ फागुन । अस्थायी युद्धविरामको घोषणा भए पनि मारिउपोलबाट मानिसलाई बाहिर निकाल्ने प्रक्रिया स्थगित भएको छ ।
मारिउपोल नगर परिषदले यसले रुसी पक्षले अस्थायी युद्धविरामको पालना नगरेको बताएको छ ।
उसले सर्वसाधारण नागरिक तितरबितर भएर लुक्ने ठाउँ खोज्न आग्रह गर्दै थप जानकारी छिट्टै सार्वजनिक गरिने बताए ।
यसअघि मारियुपोलका उपमेयरले रुसले युद्धविरामको घोषणा गरेपछि पनि आक्रमण जारी रहेको बताएका थिए । मारिउपोलमा अझै पनि विस्फोटको आवाज सुनिएको बिबिसीले जनाएको छ ।
रुस र युक्रेनबीच जारी युद्धको दशौं दिन रुसले युक्रेनका दुई सहरमा युद्धविरामको घोषणा गरेको थियो । यो युद्धविराम मारियुपोल र भोल्नोभाखा शहरमा रहेका मानिसहरूलाई बाहिर निकाल्नका लागि रहेको बताइएको थियो ।
रुसी रक्षा मन्त्रालयले शनिबार बिहान ७ बजेदेखि मारिउपोल र भोल्नोभाखाका लागि मानवीय करिडोर खोलिने जनाएको थियो । यस समयमा मानिस शहर छोड्न सक्ने बताइएको थियो ।
यद्यपि, मारिउपोलको नगर परिषदले अहिले मानवीय करिडोर सकिने जापोरिझिया क्षेत्रमा अझै लडाइँ जारी रहेको बताएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


