एजेन्सी, २१ फागुन । म्यानचेस्टर सिटीका डिफेन्डरले रुबेन डियाजले इङ्लिस प्रिमिय लिगअन्तर्गत आइतबार हुने म्यानचेस्टर ‘डर्बी’ मा सहरी प्रतिद्वन्द्वी म्यानचेस्टर युनाइटेडविरुद्धको खेल गुमाउने भएका छन् ।

एफए कपअन्तर्गत बुधबार पिटरबर्ग युनाइटेडविरुद्धको खेलमा रुबेनको ह्यामस्ट्रिङमा समस्या देखिएको थियो ।

सिटीका मुख्य प्रशिक्षक पेप ग्वार्डिओलाले डियाज चोटिल भएको पुष्टि गर्दै कम्तिमा चार हप्तासम्म मैदानबाट बाहिर रहनसक्ने बताएका छन् ।

‘रुबेन युनाइटेडविरुद्धको खेलमा टोलीमा हुने छैनन्, ’ग्वार्डिओलाले भने, ‘मांसपेसी र ह्यामस्ट्रिङको समस्याका कारण उनी ४ देखि ६ हप्ता मैदान बाहिर रहने सम्भावना छ ।’

‘रुबेन क्लबका महत्वपूर्ण सदस्य हुन । तर, अझै हामीसँग उत्कृष्ट टिम छ र हामी युनाइटेडविरुद्ध राम्रो प्रदर्शन गर्ने लक्ष्यमा हुनेछौं’, उनले थपे ।

२७ खेलबाट ६६ अंक जोडेको सिटी शीर्ष तथा समान खेलबाट ४७ अंकका साथ युनाइटेड तालिकाको चौथो स्थानमा छन् ।