काठमाडौं, २१ फागुन । सहिद स्मारक ‘बी’ डिभिजन लिगअन्तर्गत शनिबारको तेस्रो तथा अन्तिम खेलमा वीरगञ्ज युनाइटेड र नयाँबस्ती युथ क्लबले बराबरी खेल्दै अंक बाडेका छन् ।

सातदोबाटोस्थित एन्फा कप्लेक्समा दुवै टोलीले २–२ को बराबरी खेलेका हुन् ।

खेलको २४औँ मिनेटमा कृपकान्त महतो थारुले गोल गर्दै वीरगञ्जलाई अग्रता दिलाएका थिए । ४५औँ मिनेटमा सुमन योंग्याले गोल गर्दै नयाँबस्तीलाई १–१ गोलको बराबरीमा ल्याए ।

६४औँ मिनेटमा जीवन मगरले नयाँबस्तीलाई २–१ ले अघि बढाएका थिए । ८१औँ मिनेटमा वीरगञ्जका विवेक चौधरीले गोल गरेपछि खेल २–२ गोलको बराबरीमा सकिएको हो ।

यो नतिजासँगै वीरगञ्जले २ खेलमा १ अंक जोड्दा नयाँबस्तीको समान खेलबाट २ अंक छ ।