काठमाडौं, २० फागुन । नेपालमा पछिल्लो २४ घण्टामा १२६ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ९१ जनाको पीसीआर परीक्षण गर्दा १११ र १ हजार ८४२ जनाको एन्टीजेन परीक्षण गर्दा १५ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमित १ जनाको मृत्यु भएको छ भने ३८५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

योसँगै संक्रमणमुक्त हुनेको संख्या ९ लाख ५८ हजार १९३ पुगेको छ भने कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ९४५ पुगेको छ ।

देशभर हाल ७ हजार २४२ जना संक्रिय संक्रमित रहेका छन् । जसमध्ये ७ हजार ९९ जना होम आइसोलेसनमा र १४३ जना संस्थागत आइसोलेसनमा छन् ।

कोरोनाका बिरामीमध्ये ५४ जना आईसीयू र १० जना भेन्टिलेटरमा उपचाररत् छन् ।