काठमाडौं, २० फागुन । काठमाडौं उपत्यकामा कोरोना संक्रमणका कारण लगाइएको आंशिक निषेधाज्ञा पूर्णरूपमा हटेको छ ।

शुक्रबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले विज्ञप्ति जारी गर्दै पूर्णरुपमा प्रतिबन्धात्मक व्यवस्था हटाइएको जनाएको हो ।

गत माघ २३ गतेदेखि आंशिक रुपमा स्मार्ट लकडाउन गरिएको थियो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले माघ २३ देखि आमसभा, जुलुस, भेला र मेलाबाहेकका कार्य खुकुलो बनाएको थियो । सपिङ मल, डिमार्टमेन्ट स्टोर आदि स्थानमा जाँदा खोप कार्ड अनिवार्य बोक्नुपर्थ्यो ।