काठमाडौं, २० फागुन । नायिका रेखा थापाले आफूलाई गालीगलौज गरेको भन्दै युट्युबरविरुद्ध प्रहरीमा उजुरी दिएकी छन् ।

नायिका थापाले विद्युतीय माध्यमबाट आफ्नो गाली बेइज्जती गरेको भन्दै युट्युबर शर्मिला बाइबाविरुद्ध उजुरी दिएकी हुन् ।

नेपाल प्रहरीको साइबर ब्यूरोले नायिका थापाले आफ्नो मानमर्दन र गाली बेइज्जती गरेको उल्लेख उजुरी दिएको जनाएको छ ।

पल शाह प्रकरणमा आफ्नो टिप्पणी राखेपछि युट्युबरहरूले नायिका थापाविरुद्ध घृणा फैलाउने अभिव्यक्ति दिएका थिए ।