विज्ञानराज शर्माले दिए एन्फाको लिग कमिटी संयोजकबाट राजीनामा

काठमाडौं, २० फागुन । अखिल नेपाल फुटबल संघ (एन्फा)को लिग कमिटी संयोजक विज्ञानराज शर्माले राजीनामा दिएका छन् ।
नेपाल सुपर लिगको फ्रेन्चाइज टिम काठमाडौं रेजर्सका निर्देशक रहेका शर्माले लिग कमिटीको संयोजकबाट राजीनामा घोषणा गरेका हुन् ।
उनले एन्फा लिगका महासचिवलाई राजीनामा पत्र पनि बुझाएका छन् । नेपाल सुपर लिग दोस्रो संस्करणमा काठमाडौं रेजर्समा आवद्ध रहेकाले राजीनामा दिएको उनले बताएका छन् ।
‘लिग कमिटीको संयोजक र काठमाडौं रेजर्स फुटबल क्बलको डाइरेक्टरको रूपमा सँगसँगै काम गर्दा कतिपय अप्ठ्यारा आउन सक्ने तथा दोहोरो जिम्मेवारीले कतिपय नैतिकताका प्रश्नहरू पनि जोडिन जाने भएकाले आजको मितिदेखि राजीनामा पेस गरेको छ’, उनले राजीनामा पत्रमा भनेका छन् ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


