पाकिस्तानको शिया मस्जिदमा आत्मघाती बम विस्फोट, ३० को मृत्यु, ५० जना घाइते

एजेन्सी, २० फागुन । पाकिस्तानको पेशावरस्थित शिया मस्जिदमा आत्मघाती बम विस्फोट हुँदा ३० जनाको मृत्यु भएको छ ।
सोही विस्फोटमा परी ५० जना घाइते भएका छन् । किस्वा ख्वानी बजारमा अवस्थित मस्जिदमा जुमाको नमाज चलिरहेको बेला विस्फोट भएको थियो ।
पाकिस्तानी मिडिया डनले जनाए अनुसार शुक्रबार मध्यान्ह नमाज चलिरहेको बेला दुइजना आतंककारी मस्जिदमा जबर्जस्ती पस्न खोज्दा सुरक्षाकर्मीले रोक्न खोजेका थिए ।
सोही क्रममा सुरक्षाकर्मीमाथि नै गोली चलाएपछि एकजनाको निधन भएको थियो । लगत्तै उनीहरूले विस्फोट गराएका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


