एजेन्सी, २० फागुन । रुस र युक्रेनबीचको युद्धका कारण १० लाखभन्दा बढीले युक्रेन छोडेका छन् ।

९ दिनदेखि चलिरहेको युद्धका कारण उनीहरूले देश छोडेको राष्ट्रसंघले जनाएको छ ।

युक्रेन छाडेका शरणार्थीहरू पोल्याण्ड, हंगेरी, रोमानिया र माल्दोभातर्फ गइरहेका छन् ।

युद्धका कारण देश छोडेर अन्य देशमा गएका शरणार्थीलाई तीन वर्षको अस्थायी आवासीय अनुमति प्रदान गर्ने निर्णय युरोपेली संघले गरेको छ ।

ब्रसेल्समा बिहीबार बसेको युरेपेली संघका गृहमन्त्रीहरुको बैठकले सो निर्णय गरेको हो । संघले यसअघि यस्तो सुविधा दिएको थिएन ।

युक्रेनी शरणार्थीहरुले संघको सदस्य देशमा रहँदा शिक्षा तथा स्वास्थ्यसम्बन्धि सुविधा पनि पाउने छन् ।