जनकपुरधाम, १९ फागुन । मधेस प्रदेशमा पछिल्लो २४ घण्टामा कोरोनाका ३ जना नयाँ संक्रमित थपिएका छन् ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार २०५ जनाको परीक्षण गर्दा ३ जना संक्रमित फेला परेका हुन् ।

पछिल्लो २४ घण्टामा प्रयोगशालाहरुमा ३१ जनाको पिसिआर विधिबाट परिक्षण गर्दा २ जना (६.४५%), नाकाहरुमा १६३ जनाको एन्टिजेन टेष्ट किटबाट परिक्षण गर्दा शून्य जना र स्थानीय तहहरुमा ११ जनाको एन्टिजेन टेष्ट किटबाट परिक्षण गर्दा १ जना (९.०९%) गरी कुल शंकास्पद २०५ जनाको परिक्षण गर्दा जम्मा ३ जना (१.४६%) संक्रमित फेला परेका छन् ।

मधेस प्रदेशमा पछिल्लो २४ घण्टामा ३८ जना संक्रमणमुक्त भएका छन् । योसँगै मधेस प्रदेशमा हालसम्म ३९ हजार ८४४ जना संक्रमणमुक्त भएका छन् ।

यस प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ४१ हजार ३८६ पुगेको छ भने मृत्यु हुनेको संख्या १ हजार ६२ पुगेको छ ।

स्वास्थ्य निर्देशनालयका अनुसार हाल प्रदेशभर सक्रिय संक्रमितको संख्या ४७९ रहेको छ । जसमध्ये ४७८ जना होम आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये १ जना आइसियूमा उपचाररत् छन् ।

मृतक १ हजार ६२ मध्ये सप्तरीका १६१, सिरहाका १३७, धनुषाका १३२, महोत्तरीका ९१, सर्लाहीका ९३, रौतहटका १३०, बाराका १८२, पर्साका १३५ र १ जना भारतीय नागरिक छन् । जसमा पुरुष ७७१ र महिला २९१ रहेका छन् ।

यस प्रदेशमा पछिल्लो २४ घण्टामा ५३५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।