बिहीबार १०५ नयाँ संक्रमित थपिए, ३ जनाको मृत्यु

काठमाडौं, १९ फागुन । नेपालमा पछिल्लो २४ घण्टामा १०५ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ४४८ जनाको पीसीआर परीक्षण गर्दा ७० र २ हजार ४७६ जनाको एन्टीजेन परीक्षण गर्दा ३५ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ३ जनाको मृत्यु भएको छ भने ३२० जना संक्रमणमुक्त भएका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १६ हजार ७६१ पुगेको छ भने मृत्यु हुनेको संख्या ११ हजार ९४३ पुगेको छ ।त्यस्तै, ९ लाख ५७ हजार ८०८ जना संक्रमणमुक्त भएका छन् ।
हाल देशभर ७ हजार ५१७ जना संक्रिय संक्रमित रहेका छन् । जसमध्ये ७ हजार ३४९ जना होम आइसोलेसनमा र १६८ जना संस्थागत आइसोलेसनमा छन् ।
कोरोनाका बिरामीमध्ये ६१ जना आईसीयू र ९ जना भेन्टिलेटरमा उपचाररत् छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


