युक्रेन मामिलामा भारत फेरि तटस्थ

एजेन्सी, १९ फागुन । युक्रेनविरुद्ध रुसी हमलाको निन्दा गर्ने राष्ट्रसंघको महासभाको प्रस्तावमा भारत फेरि तटस्थ बसेको छ ।
मस्को र किभबीचको बढ्दो तनावमाथि राष्ट्रसंघको महासभाको प्रस्तावमा एक सातामा भारत तेस्रो पटक तटस्थ बसेको हो । वासिंटनका वरिष्ठ अधिकारीहरूले भारतलाई ‘स्पष्ट अडान लिन’आह्वान गरेका थिए ।
मस्को र पश्चिमसँगको सम्बन्धलाई सन्तुलनमा राख्न खोज्दा भारत युक्रेन मामिलामा एउटा कूटनीतिक कसिलो डोरोबाट हिँडिरहेको देखिन्छ । तर, उसको रणनीतिले विशेषतः पश्चिमा देशमा प्रश्न खडा गरेको छ ।
विश्वकै ठूलो प्रजातान्त्रिक देश भारतले प्रष्ट अडान लिनु पर्ने पश्चिमा देशहरूले आवाज उठाउँदै आएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


