काठमाडौं रेजर्सको दोस्रो संस्करणका लागि मार्की खेलाडीमा विकेश र प्रशिक्षकमा बालगोपालकै निरन्तरता

काठमाडौं, १९ फागुन । नेपाल सुपर लिग (एनएसएल)को साविक विजेता काठमाडौं रेजर्सले दोस्रो संस्करणका लागि गोलरक्षक विकेश कुथुलाई मार्की खेलाडीको रूपमा अनुबन्ध गरेको छ ।
रेजर्सले बिहीबार पत्रकार सम्मेलन गर्दै आफ्नो मार्की खेलाडी सार्वजनिक गरेको हो । कुथु पहिलो संस्करणमा पनि काठमाडौंकै मार्की खेलाडी थिए ।
लगातार दोस्रोपटक पनि मार्की खेलाडी हुन पाउँदा खुसी लागेको भन्दै विकेशले टोलीको लक्ष्य उपाधि रक्षा गर्ने हुने बताएका छन् ।टोलीको मुख्य प्रशिक्षकमा पनि बालगोपाल महर्जनले नै निरन्तरता पाउने भएका छन् ।
मुख्य प्रशिक्षक बालगोपालले सबैको साथ र सहयोगले पहिलो संस्करणको उपाधि जितेको धन्यवाद दिँदै यसपटक पनि त्यसलाई निरन्तरता दिने प्रयास हुने बताएका छन् ।
उनले सहभागी अन्य टोलीलाई शुभकामना पनि व्यक्त गरेका छन् ।
दोस्रो संस्करणको एनएसएल २६ चैतदेखि ७ जेठसम्म काठमाडौं र पोखरामा हुनेछ । यो संस्करणमा १० टोलीको सहभागिता रहनेछ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


