काठमाडौं, १९ फागुन । एफए कप अन्तर्गत बुधबार रातिको खेलमा जित हात पार्दै प्रिमियर लिग क्लब चेल्सी एफए कपको क्वाटरफाइनल प्रवेश गरेको छ ।

चेल्सीले च्याम्पियनसिप क्लब लुटोन टाउनको घरेलु मैदान केनिलवर्थ रोडमा ३–२ को रोमाञ्चक जित हात पारेको हो ।

खेलको दोस्रो मिनेटमै रिस बर्कले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।

२७ औं मिनेटमा सउल निग्वेजले चेल्सीलाई १–१ को बराबरीमा ल्याए । ४० औं ह्यारी कर्निकले गोल गर्दै लुटोनलाई २–१ ले अघि बढाए ।

६८ औं मिनेटमा टिमो वेर्नरले पाहुना टोलीलाई २–२ को बराबरीमा ल्याए । ७८ औं मिनेटमा रोमेलु लुकाकुले गोल गर्दै चेल्सी लाई ३–२ को रोमाञ्चक जित दिलाए ।