एजेन्सी, १९ फागुन । युक्रेनी सेनाले रुससँगको द्वन्द्वमा हालसम्म ९ हजार रुसी सैनिक मारिएको दाबी गरेको छ । युक्रेनी सेनाले ट्वीट गर्दै यो जानकारी दिएको हो ।

तर, एक दिनअघि रुसको रक्षा मन्त्रालयले युक्रेनसँगको द्वन्द्वमा आफ्ना ४९८ सैनिक मारिएको र १५९७ जना घाइते भएको स्वीकार गरेको थियो ।

युद्धका क्रममा रुसका २१७ ट्याङ्क, ३० एयरक्राफ्ट, ३१ हेलिकप्टर ध्वस्त भएको पनि युक्रेनले दाबी गरेको हो ।

रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको आज ८औँ दिन हो । रुसले पछिल्ला दिन युक्रेनको राजधानी किभसहित ठूला सहरमा भीषण आक्रमण थालेको छ ।