मधेस प्रदेशमा बुधबार २ नयाँ संक्रमित थपिँदा २४ जना संक्रमणमुक्त

जनकपुरधाम, १८ फागुन । मधेस प्रदेशमा पछिल्लो २४ घण्टामा कोरोनाका २ नयाँ संक्रमित थपिएका छन् ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार ३४९ जनाको परीक्षण गर्दा दुई जना संक्रमित फेला परेका छन् ।
पछिल्लो २४ घण्टामा प्रयोगशालाहरुमा ७७ जनाको पिसिआर विधिबाट परिक्षण गर्दा २ जना (२.६%) र नाकाहरुमा २७२ जनाको एन्टिजेन टेष्ट किटबाट परिक्षण गर्दा शून्य जना गरी कुल शंकास्पद ३४९ जनाको परिक्षण गर्दा जम्मा २ जना (०.५७%) संक्रमित फेला परेका हुन् ।
मधेस प्रदेशमा पछिल्लो २४ घण्टामा २४ जना संक्रमणमुक्त भएका छन् । योसँगै मधेस प्रदेशमा हालसम्म ३९ हजार ८०६ जना संक्रमणमुक्त भएका छन् ।
यस प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ४१ हजार ३८३ पुगेको छ भने मृत्यु हुनेको संख्या १ हजार ६२ पुगेको छ ।
स्वास्थ्य निर्देशनालयका अनुसार हाल प्रदेशभर सक्रिय संक्रमितको संख्या ५१५ रहेको छ । जसमध्ये ५१४ जना होम आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये १ जना आइसियूमा उपचाररत् छन् ।
मृतक १ हजार ६२ मध्ये सप्तरीका १६१, सिरहाका १३७, धनुषाका १३२, महोत्तरीका ९१, सर्लाहीका ९३, रौतहटका १३०, बाराका १८२, पर्साका १३५ र १ जना भारतीय नागरिक छन् । जसमा पुरुष ७७१ र महिला २९१ रहेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


