बुधबार १२७ नयाँ संक्रमित थपिए, ३ जनाको मृत्यु

काठमाडौं, १८ फागुन । नेपालमा पछिल्लो २४ घण्टामा १२७ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ६७२ जनाको पीसीआर परीक्षण गर्दा १२३ र २ हजार २०२ जनाको एन्टीजेन परीक्षण गर्दा ४ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ भने ३२१ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९४१ पुगेको छ भने ९ लाख ५७ हजार ४८८ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार नेपालमा हाल संक्रिय संक्रमितको संख्या ७ हजार ७७० रहेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


