काठमाडौं, १८ फागुन । जनता समाजवादी पार्टी नेपालले फागुन २८ गते संघीय परिषद् र २९ र ३० गते केन्द्रीय समितिको बैठक बस्ने निर्णय गरेको छ ।

गत बिहीबारबाट सुरु भएको केन्द्रीय कार्यकारिणी समितिको बैठकले यस्तो निर्णय गरेको केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले जानकारी दिए ।

बैठकले आउँदो असार १ र २ गते पार्टीको विधान अधिवेशन गर्ने निर्णय समेत गरेको उनले बताए ।

उनका अनुसार सोमबार बसेको बैठकले आउँदो असारमा विधान अधिवेशन गर्ने र यही २८ फागुनमा संघीय परिषद् र ३० गते केन्द्रीय समितिको बैठक पनि बोलाइएको छ ।