बुधबारको बैठकमा राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौं, १८ फागुन । बुधबार बसेको संसद् बैठकमा राष्ट्रिय सूचना आयोगको आर्थिक वर्ष २०७७÷७८ को वार्षिक प्रतिवेदन पेस भएको छ ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले उक्त प्रतिवेदन पेस गरेका हुन् ।
बैठकको प्रारम्भ हुनासाथ प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदले गरेको विरोध र नाराबाजीबीच बैठक सञ्चालन भएको थियो ।एमालेले संसद्को चालु अधिवेशनदेखि विरोध र नाराबाजीका साथ ‘वेल’ घेराउ गर्दै आएको छ ।
प्रतिनिधिसभाको अर्काे बैठक फागुन २२ गते दिउँसो १ बजे बस्नेछ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


