एजेन्सी, १८ फागुन । इन्टरनेसनल बास्केटबल फेडरेसन (फिबा) ले पनि रुसलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन प्रतिवन्ध लगाएको छ ।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको सिफारिसमा फिबाले रुसका खेलाडी तथा पदाधिकारीलाई अनिश्चितकालसम्मका लागि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन प्रतिवन्ध लगाएको हो ।

रुसले युक्रेनमाथि आक्रमण गरेपछि अन्तर्राष्ट्रिय खेलकुद निकायले रुसमाथि प्रतिवन्ध लगाउ थालेका हुन् । यसअघि फिफा र युएइएफए लगायतले रुसमाथि प्रतिवन्ध लगाइसका छन् ।

यो प्रतिवन्धपछि रुसको महिला बस्केटबल टोलीले सेप्टेम्बर २२ देखि अष्ट्रेलियामा हुन लागेको फिबा महिला विश्वकपमा सहभागिता जनाउन पाउने छैन ।

त्यस्तै, पुरुष टोलीले २०२३ मा आयोजना हुने विश्व च्याम्पियनसिपको छनोट खेल्न नपाउने भएको छ ।