मधेस प्रदेशमा मंगलबार कोरोनाका शून्य संक्रमित

जनकपुरधाम, १७ फागुन । मधेस प्रदेशमा पछिल्लो २४ घण्टामा कोरोनाका कुनै संक्रमित थपिएका छैनन् ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार ३१० जनाको परीक्षण गर्दा कुनै संक्रमित फेला परेका छैनन् ।
पछिल्लो २४ घण्टामा प्रयोगशालाहरुमा २८ जनाको पिसिआर विधिबाट परिक्षण गर्दा शून्य जना, नाकाहरुमा २७५ जनाको एन्टिजेन टेष्ट किटबाट परिक्षण गर्दा शून्य जना र स्थानीय तहहरु ७ जनाको एन्टिजेन टेष्ट किटबाट परिक्षण गर्दा शून्य जना गरी कुल शंकास्पद ३१० जनाको परिक्षण गर्दा कुनै संक्रमित फेला नपरेको निर्देशनालयले जनाएको छ ।
मधेस प्रदेशमा पछिल्लो २४ घण्टामा १५ जना संक्रमणमुक्त भएका छन् । योसँगै मधेस प्रदेशमा हालसम्म ३९ हजार ७८२ जना संक्रमणमुक्त भएका छन् ।
यस प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ४१ हजार ३८१ पुगेको छ भने मृत्यु हुनेको संख्या १ हजार ६२ पुगेको छ ।
स्वास्थ्य निर्देशनालयका अनुसार हाल प्रदेशभर सक्रिय संक्रमितको संख्या ५३७ रहेको छ । जसमध्ये ५३५ जना होम आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये २ जना आइसियूमा उपचाररत् छन् ।
मृतक १ हजार ६२ मध्ये सप्तरीका १६१, सिरहाका १३७, धनुषाका १३२, महोत्तरीका ९१, सर्लाहीका ९३, रौतहटका १३०, बाराका १८२, पर्साका १३५ र १ जना भारतीय नागरिक छन् । जसमा पुरुष ७७१ र महिला २९१ रहेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


