आमिर खान ‘लाल सिंह चढ्ढा’ मा व्यस्त

एजेन्सी, १७ फागुन । बलिउड अभिनेता आमिर खान केही वर्षयता ‘लाल सिंह चढ्ढा’ मा व्यस्त छन् ।
उनले फिल्ममा शीर्ष भूमिका निर्वाह गरेका छन् । सन् १९९४ मा हलिउडमा टम ह्यांक्सलाई लिएर बनेको फिल्म ‘फरेस्ट गम्प’ को यो रिमेक हो ।
आमिरले आफूले बनाएको फिल्मबारे प्रतिक्रिया लिन लस एन्जल्समा एक शो आयोजना गर्ने तयारीमा छन् । उनले आफ्नो क्यारेक्टर र फिल्म टमलाई देखाउन चाहन्छन । आमिर व्यक्तिगत रूपमा पनि टमको अभिनय र फिल्म छनौटदेखि प्रभावित छन् ।
टमले आफूभन्दा पनि क्यारेक्टरलाई पर्दामा उतार्न निकै मिहेनत गर्ने गरेका छन् । फरेस्ट गम्पसँगै क्याप्टेन फिलीप, कास्ट अ वे, द टर्मिनलजस्ता फिल्ममार्फत टमले आफ्नो अभिनत कौशलतासँगै कथा छनौटलाई प्रमाणित गरिसकेका छन् ।
यसैले गर्दा पनि आमिर आफ्नो फिल्म टमले हेरेर प्रतिक्रिया दिउन् भन्नेमा छन् । तर, टमले फिल्मको लागि समय दिइसकेका छैनन् । फिल्ममा आमिरसँगै करिना कपुर, नागा चैतन्यसहित कलाकारको अभिनय छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


