मंगलबार १५८ नयाँ संक्रमित थपिए, ३५४ जना संक्रमणमुक्त

काठमाडौं, १७ फागुन । नेपालमा पछिल्लो २४ घण्टामा १५८ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ४५८ जनाको पीसीआर परीक्षण गर्दा ९२ र २ हजार ४६ नमूनाको एन्टिजेन परीक्षण गर्दा ६६ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ भने ३५४ जना संक्रमणमुक्त भएका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १६ हजार ५२९ पुगेको छ भने मृत्यु हुनेको संख्या ११ हजार ९३८ पुगेको छ ।त्यस्तै, ९ लाख ५७ हजार १६७ जना संक्रमणमुक्त भएका छन् ।
हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ७ हजार ९७१ रहेको छ । जसमध्ये ७ हजार ७७३ जना होम आइसोलेसनमा र १९८ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
कोरोनाका बिरामीमध्ये ७५ जनाको आईसीयू र ८ जनाको भेन्टिलेटरमा उपचार भईरहेको मन्त्रालयले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


