एनएसएलद्वारा दोस्रो संस्करणको अक्सनका लागि खेलाडीको सूची सार्वजनिक

काठमाडौं, १७ फागुन । नेपाल सुपर लिग (एनएसएल) ले दोस्रो संस्करणको अक्सनका लागि खेलाडीको सूची सार्वजनिक गरेको छ ।
एनएसएलले मंगलबार अक्सनका लागि २४२ खेलाडीको सूची सार्वजनिक गरेको हो ।
अक्सनका लागि खेलाडीहरुलाई क्याटेगोरी ‘ए’, ‘बी’ र ‘सी’ मा राखिएको छ । क्याटेगोरी ‘ए’ तर्फ ४० तथत ‘बी’ र ‘सी’ तर्फ समान १०१ खेलाडी छन् । एनएसएलले सूचीमा रहेका खेलाडीहरूलाई दर्ता गर्नसमेत आह्वान गरेको छ ।
दोस्रो संस्करणको एनएसएलमा १० टोलीको सहभागिता रहनेछ । शुक्रबार हुने अक्सनबाट हरेक टोलीले २३ खेलाडी राख्न पाउने छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


